वि.सं:
नेपाल संवत: ११४५ चौलाथ्व पञ्चमी - ५
राष्ट्रिय सहकारी नियमन प्राधिकरण
पृष्ठभूमि:
सघं, प्रदेश र स्थानीय तहको कार्यक्षेत्र भित्रका बचत तथा ऋणको मुख्य कारोवार गर्ने सहकारी सस्ंथाको नियमन गर्न यस राष्ट्रिय सहकारी नियमन प्राधिकरणको स्थापना २०८१ मा भएको हो । यसको केन्द्रिय कार्यलय हरिहरभवन, ललितपुरमा रहेको छ । प्राधिकरणमा एक अध्यक्ष सहित चार सदस्य रहने व्यवस्था रहेको छ ।
प्राधिकरणको काम, कर्तव्य र अधिकार देहाय बमोजिम रहेको छः-
(क) बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको दर्ता, नियमन, सुपरीवेक्षण, अनुगमन तथा प्रतिवेदन प्रणाली लगायतका विषयमा राष्ट्रिय मापदण्ड बनाई कार्यन्वयन गर्ने गराउने,
(ख) बचत तथा ऋणको मुख्य कारोवार गर्ने सहकारी संस्थाको सञ्चालन सम्बन्धमा नियामकीय मापदण्ड (प्रुडेन्सियल स्टयाण्डर्डस्) जारी गर्ने,
(ग) बचत तथा ऋणको मुख्य कारोवार गर्ने सहकारी संस्थाको नियमन, अनुगमन र सुपरिवेक्षण गर्ने, गराउने,
(घ) प्राधिकरणले आफूलाई प्राप्त केही अधिकार रजिष्ट्रार, प्रदेश रजिष्ट्रार र स्थानिय तहको सहकारी हेर्ने अधिकृत मार्फत कार्यन्वयन गर्न गराउन सक्ने,
(ङ) बचतकर्ताको बचत सुरक्षाको सुनिश्चत गर्न आवश्यक कार्य गर्ने, बचत तथा ऋणको मुख्य कारोवार गर्ने सहकारी संस्थाको नियमित रुपमा निरिक्षण गर्ने, उजुरी लिने, प्राप्त उजुरी उपर जाँचबुझ गर्ने र सम्बन्धित संस्थालाई निर्देशन दिने,
(च) नियमन तथा सुपरीवेक्षणका लागि नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्थाको समन्वयमा रोष्टर तयार गरी बचत तथा ऋणको मुख्य कारोवार गर्ने सहकारी संस्थाहरुको नियमकीय परीक्षण (प्रुडेन्सियल अडिट) गर्ने गराउने,
(छ) सहकारीको व्यवस्थापन सूचना प्रतिवेदन प्रणालीलाई संघ, प्रदेश र स्थानीय तहमा लागू गर्ने गराउने,
(ज) बचत तथा ऋणको मुख्य कारोवार गर्ने सहकारी संस्थाको निरिक्षण गर्न आवश्यकता अनुसार निरिक्षण अधिकारी तोक्ने,
(झ) प्रदेश र स्थानीय तहका बचत तथा ऋणको मुख्य कारोवार गर्ने सहकारी संस्थाहरुको प्रदेश र स्थानीय तहसँग समन्वय गरी संयूत्त रुपमा अनुगमन, नियमन तथा सुपरिवेक्षण गर्ने गराउने,
(ञ) नियमन सम्बन्धमा तोकिए बमोजिमका अन्य कार्यहरु गर्ने ।