NepalFlag

वि.सं:

नेपाल संवत: ११४५ चौलाथ्व पञ्चमी - ५

ACCRA को अध्यक्षको रुपमा राष्ट्रिय सहकारी नियमन प्राधिकरणका अध्यक्ष श्री अर्जुनप्रसाद पोखरेल मनोनयन

ACCRA को अध्यक्षको रुपमा राष्ट्रिय सहकारी नियमन प्राधिकरणका अध्यक्ष श्री अर्जुनप्रसाद पोखरेल मनोनयन

ACCRA को अध्यक्षको रुपमा राष्ट्रिय सहकारी नियमन प्राधिकरणका अध्यक्ष श्री अर्जुनप्रसाद पोखरेल मनोनयन

 

एसियन राष्ट्रको Credit Union सहकारीहरुको संगठन (ACCU) Association of Asian Confederation Of Credit Unions को हालै फागुन ६ गतेदेखी १० गतेसम्म  आठौ  Credit Union/Cooperative Regulators Conference थाईल्याण्डको राजधानी बैंककमा सम्पन्न भएको छ ।

एसियाबाट 16 देशहरुको सहभागिता रहेको कार्यक्रममा नेपालको तर्फबाट राष्ट्रिय सहकारी नियमन प्राधिकरणका अध्यक्ष श्री अर्जुनप्रसाद पोखरेल र प्राधिकरणका सचिव श्री रविन ढकाल लगायत नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ (नेफ्स्कून)को सहभागिता रहेको थियो ।

उक्त कार्यक्रमबाट Asian Credit Union Cooperatives Regulator Alliance (ACCRA) को अध्यक्षको रुपमा राष्ट्रिय सहकारी नियमन प्राधिकरणका अध्यक्ष श्री अर्जुनप्रसाद पोखरेल मनोनयन हुनुभएको छ।मनोनयन हुनुभएका अध्यक्ष पोखरेलले नेपालको सहकारी नियमनको अवस्था, हालको कानुनी व्यवस्था, प्राधिकरणको ‌औचित्यको बारेमा प्रकाश पार्नु भएको थियो साथै एसियन राष्ट्रहरुमा सहकारी नियमनको भूमिका प्रवर्द्धन गर्ने र आपसी साझेदारी सशक्त बनाउने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो ।

नेपालमा सहकारी क्षेत्रलाई सुधारको बाटोमा लैजान नयाँ गठित सहकारी प्राधिकरणले नियमनका मापदण्डहरु तयार गर्दै गरेको अवस्था छ ।मापदण्ड तयारीका लगतै प्राधिकरणमा सहकारी पुनः दर्ताका लागि काम शुरु हुनेछ ।